थाइल्याण्डमा जारी विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपाली खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।
चन्द्रले पुरुष माईनस ५५ केजी तौल अन्तर्गतको फाइनलमा थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित हुँदै रजत पदक जितेका हुन् ।
प्रतियोगितामा आइतबार महिलातर्फ नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल रहेको छ ।
प्रतियोगितामा सहभागि नेपाली खेलाडीहरुमा कृति गिरी, चन्द्र बहादुर बोहोरा मगर, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ रहेका छन्। यस्तै नेपाली टोलीको मुख्य प्रशिक्षकमा प्रविन गुरुङ रहेका छन् ।
अगष्ट १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा शुरु भएको च्याम्पियनसिपको समापन अगष्ट ४ अर्थात् आज नै हुदैछ ।
