थाईल्याण्डमा हुने हाप्किडो वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट सहभागि हुने खेलाडीको बन्द प्रशिक्षण शुरु भएको छ ।

पोखराको पैयुखोला तमु समाजको कभर्डहलमा सोमबारबाट शुरु भएको प्रशिक्षणमा महिला र पुरुषतर्फ समान ३-३ गरि ६ जना खेलाडी सहभागि छन् ।

प्रशिक्षणमा सहभागि खेलाडीहरुमा कृति गिरी, चन्द्र बहादुर बोहोरा मगर, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा, मेग्मा गुरुङ र रहेका छन्।

मुख्य प्रशिक्षक प्रविन गुरुङको नेतृत्वमा बन्द प्रशिक्षण शुरु भएको हो ।

अन्तर्राष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगस्ट १ देखि ४ तारिख सम्म हाप्किडो वर्ल्ड च्याम्पियनसिप आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *