थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालको थप एक खेलाडी रजत पदक जित्न सफल भएकी छिन् । प्रतियोगितामा मेग्मा गुरुङले नेपाललाई दोश्रो रजत पदक दिलाएकी हुन् ।

महिला माईनस ३८ केजी तौलको फाइनलमा थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई हुँदै मेग्माले रजत पदक जितिन् । त्यसैगरी राजेन्द्र तामाङ र ईमा थापाले कास्य पदक जितेका छन् ।

राजेन्द्र माईनस ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा माईनस ४७ केजी तौलको स्पर्धामा कम्बोडियाकी खेलाडीसँग पराजित हुँदै कास्य पदकमा सिमित रहे ।

यसअघि शनिबार चन्द्रबहादुर बोहोराले नेपालका लागि पहिलो रजत पदक जितेका थिए । यो सँगै प्रतियोगितामा नेपाल २ रजत २ कास्य गरी जम्मा ४ पदक प्राप्त गर्न सफल भएको छ ।

अगष्ट १ थाइल्याण्डको नन्थावुरी स्टेडियममा शुरु भएको प्रतियोगितामा अगष्ट ४ अर्थात् आईतबार सम्पन्न भएको हो । प्रतियोगितामा नेपालबाट कृति गिरी, चन्द्र बहादुर बोहोरा मगर, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *