भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ ।

थिम्पुस्थित चालिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार नेपालले घरेलु टोली भुटानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल २१-१४, २१-१४ ले आफ्नो पक्षमा पार्यो ।

पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १६-२१, १५-२१ ले पराजित भएको थियो । आज नै नेपालले उज्वेकिस्तान र ताजकिस्तानसँग पनि खेल्ने तालिका छ ।

यसैगरी महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले पनि भुटान माल्दिभ्सको सामना गर्दैछ । पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *