काभा नेसन लिगमा नेपालको पहिलो खेल आज

२०८१, १७ श्रावण बिहीबार १०:४०

काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ आज (बिहिवार) बाट सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार नेपाल र श्रीलंका भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुने यी दुई टोलीबीचको खेल दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।

अरूणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले रसियासँग गत साउन ६ र ७ गत दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

सात दिन चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्। बिहीबार नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *