नेपाल बक्सिङ्ग महासंघको आयोजनामा राष्ट्रव्यापी जूनियर तथा विधालयस्तरीय छात्र-छात्रा बक्सिङ्ग प्रतियोगिता राष्ट्रिय खेलकुद परिसर ललितपुरमा आज (शुक्रबार) बाट शुरु भएको छ । प्रतियोगितामा जेनेक्सका आयोज घिसिङ्ग र अछामका विनोद नागार्जेले भाईबका सफल श्रेष्ठ र आर्यन फिटनेशका सोनम लामालाई पराजित गर्दै विजयी शुरुवात गरेका छन् ।
नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगिता साउन १४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा जूनियरतर्फ महिला ८, पुरुषतर्फ ८२, विधालयतर्फ छात्र ४४ र छात्रातर्फ १४ जना गरी जम्मा १४८ खेलाडी सहभागी छ ।
२०२४ अगस्ट २७ तारिखदेखि सेप्टेम्बर १० तारिखसम्म युनाईटेट अरब इमिरेट (दुवई) मा संचालन हुने एशियन जूनियर तथा स्कूल ब्वाइज र स्कूल ग्लर्स प्रतियोगितामा यस प्रतियोगितावबट विजेताहरुमध्येवबट उत्कृष्ट खेलाडीहरुलाई नेपालवबट प्रतिनिधित्व गराईने छ।
प्रतियोगिताको पहिलो दिन जुनियरतर्फ ५२ किलो तौल समुहमा जेनेक्सका आयोग घिसिङले भाईबका सफल श्रेष्ठलाई ३-२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे । जुनियरतर्फ ५७ किलो तौलसमुहमा अछामका विनोद नागार्जेले दोस्रो राउण्डमै आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई पराजित गरे।

त्यसैगरी ६३ किलो तौलसमुहमा एबीसीका युनिक राईले फाईट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३-२ को स्पिलिट डिसिजनका आधारमापराजित गरे । सोहि तौल समुहमा सुनसरीका दिहाङ्ग लिम्बु र उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाईबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४-१ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।
त्यसैतर्फ जुनियर छात्रामा ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे । स्कुल छात्रा ४९ किलो तौलमा भक्तपुरका सायरा गासाईले सीजीजीका सेलेक्सी बम्जङ्गलाई ५:० युनानिमस डिसिजनका आधारमा पराजित गरे ।
स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबीसीका अनिस राईले थानकोटका प्रकट महर्जनलाई ५० को आधारमा पराजित गरे । त्यसैगरी सोहि तौल समुहमा सुनसरीका कुन्जन थापाले बानुजका आसुतोस सुवेदीलाई समान अन्तर ५-० ले पराजित गरे सोही तौलमै झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई समान अन्तर ५-० पराजित गरे ।
यसैगरी ४९ किलो तौलसमुहमा भाईबका सम्पूर्ण अधिकारीले स्वीटको अनिमेश महरलाई ३-२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५-० अन्तरको आधारमा पराजित गरे ।
