नेपाल माल्दिभ्समा जारी काभा यु- २० महिला भलिबल च्याम्पियनसिप २०२४ मा तेश्रो भएको छ ।

माल्दिभ्सको माले सिटीमा मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेश्रो भएको हो ।

नेपालले पहिलो सेट २५-१५ ले जितेको थियो। दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१४ ले जित्यो ।

सोमबार भएको सेमिफाइनल खेलमा नेपाल किर्गिस्तानसँग र माल्दिभ्स श्रीलंकासँग ३-० कै सेटमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *