माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनल खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।
माल्दिभ्सको माले सिटीमा सोमबार राती सम्पन्न दोश्रो सेमिफाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
नेपाल किर्गिस्तानसँग क्रमशः १४-२५, २२-२५ र १३-२५ को सेटमा पराजित भएको हो। यसअघि लिग चरणको भेटमा पनि नेपाल किर्गिस्तानसँग ३-० कै सेटमा पराजित भएको थियो ।
आजको हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ । यता जितका साथ किर्गिस्तान फाइनलमा प्रवेश गरेको छ ।
अब नेपालले तेश्रो स्थानका लागि बुधबार माल्दिभ्सको समाना गर्नेछ। बुधबार नै फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन्।
मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंका घरेलु टोली माल्दिभ्ससाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ।
