आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ टि-२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले एकै पल्टमा १५ स्थान सुधार गर्दै ५८औं स्थानमा उक्लिएकी छिन् ।

यसअघि उनी ७३औं स्थानमा थिइन् । उनीभन्दा अगाडी रुबिना क्षेत्री छिन् । उनी ६ स्थान सुधार गर्दै उनी ४८औं स्थानमा पुगेकी छन् ।

यस्तै, कप्तान इन्दु बर्माले पनि १२ स्थान सुधार गरेकी छन् । उनी नयाँ वरीयतामा ६६औं स्थानमा छिन् । यसअघि उनी ७८औं स्थानमा थिइन् ।

साथै सीता रानामगरले आइसिसी टि-२० ब्याटिङ वरीयतामा एक स्थान सुधार गर्दै ८२औं स्थानमा उक्लिएकी छिन् ।

यसअघि उनी ८३ औं स्थानमा थिइन्। रुबिना क्षेत्री भने तीन स्थान तल खस्किएकी छन्। उनी ८६औं स्थानमा छिन् ।यसअघि उनी ८३ औं स्थानमा थिइन्। शीर्ष १०० भित्र नेपालबाट यी दुई ब्याटरमात्रै वरीयतामा परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *