काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो । उता किर्गिस्तानले भने पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

चार टोली सहभागी प्रतियोगितामा नेपालले लिगको अन्तिम खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । लिगमा जस्तो नतिजा आएपनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *