माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल दोस्रो खेलमा किर्गिस्तानसंग पराजित भएको हो ।

किर्गिस्तानले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो। किर्गिस्तानले पहिलो सेट २७- २५, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१७ ले जित निकाल्यो । पहिलो सेटमा नेपालले धेरै पटक सेट पोइन्टको अवसर पाएपनि सदुपयोग गर्ने सकेन । दोस्रो सेट प्रतिस्पर्धात्मक भएपनि नेपालले जित निकाल्न सकेन ।

बिहीबार भएको खेलमा किर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दा नेपाल श्रीलंकासंग पराजित भएको हो ।

नेपालले तेस्रो खेल शनिबार आयोजक माल्दिभ्ससँग खेल्नेछ । ४ टीम सहभागी प्रतियोगितामा सबै टीमले एक आपसमा खेलेपछि सेमिफाइलनका खेल सुरु हुनेछन् ।

सेमिफाइलनमा पहिलो स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानमा रहने टीमसँग प्रतिष्पर्धा गर्नेछ । फाइनल खेल जुलाई २३ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *