रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९-११, ११-६, ११-६ र १४-१२ को सेटमा पराजित गरे ।

विजेताले ४० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज वज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेश्रो भए । तेश्रो हुने जोडीले समान १० हजार रुपैयाँ पाए ।

प्रतियोगितामा एक मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो ।

उत्कृष्ट खेलाडी भने पुरुष/महिलातर्फ छुट्टाछुट्टै घोषणा गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी, जिओम टेबलटेनिस नेपालका निर्देशक ज्याकी महर्जनलगायतले कार्यक्रमबीच गरे

समापनका अवसरमा जिओमले सहभागी १२८ मध्ये सात जनालाई ‘लक्की ड्र’ मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *