स्विजरल्याण्ड र घरेलु टोली जर्मनी युरो कप २०२४ को क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
शनिवार राति भएको पहिलो खेलमा साविक विजेता इटालीलाई २-० ले स्तब्ध पार्दै स्विजरल्याण्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित इटाली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

गएरातिराति नै सम्पन्न दोस्रो खेलमा डेनमार्कलाई २-० गोल अन्तरले हराउँदै जर्मनी क्वाटर फाइनलमा प्रवेश गरेको छ । हारसँगै डेनमार्क प्रतियोगिताबाट बाहिरियो ।

