भिडियो असिस्टेन रेफ्रि (भिएआर) ले गोलको मान्यता नदिँदा जमैका कोपा अमेरिकाको पहिलो खेलमै जितबाट टाढिएको छ ।

एनआरजी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा जमैका मेक्सिकोसँग १-० गोलअन्तरले पराजित भएको हो ।

खेलको ५०औं मिनेटमा माइकल एन्टोनियोले फ्रि हेडरमार्फत गोल गरेका थिए। तर, भिएआरले उक्त गोलले अफसाइड देखाउँदै मान्यता दिएन। ६९औं मिनेटमा मेक्सिकोका ग्रेरार्डो आर्टेगाले गोल गरे। लुइस रोमोले गरेको गोल नै खेलमा निर्णायक बन्यो।

जितसँगै समूह ‘बी’ मा मेक्सिकोले तीन अंक जोडेको छ। जमैकाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *