चीनको जुहानसनमा जारी पहिलो एशियन युनिभर्सिटी उसु च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले ऐतिहासिक कास्य पदक जितेका छन् ।

जुहानसनमा १७ जुनदेखि जारी च्याम्पियनसिपमा महिला खेलाडीद्वय निमा घर्ती मगर र जुनुसाङ्‌बो लामा तथा पुरुषमा सुनिल शिरीष मगरले ऐतिहासिक कास्य पदक जितेका हुन् ।

निमाले थाउलो विधा अन्तर्गत महिला नानछवाङ् इभेन्ट्स, जुनुसाङ्‌बोले थाउलो विधा अन्तर्गत नै महिला ताईची छवाङ‌मा र सुनिलले सान्सौं विधा अतर्गत पुरुष ५६ केजी समूहमा कास्य पदक जितेको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए ।

नेपाल उसु महासंघका अध्यक्ष बीर बहादुर तामाङले खेलाडीहरुको उकृष्ट प्रदर्शनको उच्च कदर गर्दै उनीहरुलाई बधाई दिएका छन् । साथै उनले लाडीहरुको योगदानमा राज्यको तर्फबाट उचित कदर र सम्मान हुनुपर्ने कुरामा समेत जोड दिएका छन् ।

२३ जुनसम्म संचालन हुने युनिभर्सिटी उसु च्याम्पियनसिपमा सहभागि हुनका लागि नेपालबाट राष्ट्रिय उसु खेलाडी पुरुषतर्फ बिजय सिंजालि, सुनिल सिरिष मगर तथा महिलामा निमाघर्ती मगर र जुनुसाङ्‌बो लामा हाल चीनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *