सलहेश युवा क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुहबी -७ भलुवा खेलमैदानमा भएको खेलमा सिरहाको सलहेश युथ क्लबले सशत्र प्रहरी बल कोशी प्रदेशलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।
शुक्रबार सम्पन्न खेलमा सलहेशका आदित्य शाक्यले पहिलो हाफमा एक गोल गर्दै अग्रता टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिदा सलहेश १-० ले अगाडि रहेको थियो ।

तर दोस्रो हाफमा सम्हालिन नसक्दा सशत्र प्रहरी बलले कुल पाँच गोल खायो । आदित्य शाक्यले थप दुई गोल गर्दै आफ्नो ह्याटि्रक पूरा गरे । सलहेशका लागि फोफाना इब्राहिम, दिपेश आले मगर र आरमाण्ड बिडोङले दोस्रो हाफमा एक-एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच तीन गोल गरेका आदित्य शाक्य घोषित भए । उनलाई दुहबी नगरपालिका वडा नं -९ का अध्यक्ष मेहदी हुसेनले नगद ५ हजार तथा मेडल प्रदान गरे ।

शनिबार चौथो क्वाटर फाइनल खेल बिराटनगर सिटि फुटबल क्लब मोरङ्ग र चात्या सा फुटबल क्लब दमक झापाबीच हुनेछ ।
असार ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउने आयोजकले जानकारी गरायो ।
