आइसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपाल आएको भुटानको टोली गण्डकी प्रदेशसँग पराजित भएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भुटान १९.३ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको हो । भुटानले दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो ।

गण्डकीको लागि ओपनर इश्वर क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदै अविजित रहे । उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २२ रन बनाउँदा सिर्बिन श्रेष्ठले १० रन बनाए । दिपक प्रसाद डुम्रे २६ रनमा अविजित रहे । भुटानको लागि सोनम यासे र नाम्गे थिन्लले १–१ विकेट लिए ।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको भुटानको लागि सोनम चोपेल र कप्तान रान्जंग मिक्यो डोर्जीले समान २७÷२७ रन बनाए । ओपनर नाम्गे थिन्लेले १६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकी प्रदेशका लागि सुवास भण्डारीले सर्वाधिक ४ विकेट लिए । अपराजित पौडेलले ३ विकेट लिँदा विपन खत्री, सुदिप अर्याल र सिर्बिन श्रेष्ठले १–१ विकेट लिए । भुटानले गण्डकी प्रदेशसँग २ र क्यान ११ सँग २ खेल खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *