विराटनगर । एशियन पेन्ट्स यु–१८ अन्तरविद्यालय फुटबल प्रतियोगितामा २२ टोलीलाई पछि पार्दै मोरङको कान्तिपुर कलेज विजेता बनेको छ । शुक्रबार विराटनगरमा सम्पन्न फाइनल खेलमा कान्तिपुरले मेरिल्यान्ड कलेजलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

कान्तिपुरको जितमा प्रज्वलसिंह ठकुरीले ह्याट्रिक गरे । उनले खेलमा तीन गोल गर्दै टोलीको जितलाई सहज बनाए । यस्तै, सिद्धार्थ गुरुङले दुई गोल थपेपछि कान्तिपुरले मेरिल्याण्डमाथि फराकिलो जित निकाल्न सफल भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कान्तिपुरले सुरुदेखि नै बलियो टोलीका रूपमा आफूलाई प्रस्तुत गरेको थियो । फाइनलमा समेत आक्रामक खेल प्रदर्शन गरेको कान्तिपुरले मेरिल्याण्डलाई कुनै गोल गर्न नदिई उपाधि जित्न सफल भयो ।

एशियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगिताको कोशी प्रदेश छनोटमा मोरङ विजेता कान्तिपुर र सुनसरीको सुस्मा गोदावरी कलेजबीच असोज ५ गते प्रतिस्पर्धा हुनेछ।

कोशी प्रदेशबाट छनोट हुने दुई टोलीमध्ये एक टोलीले राष्ट्रिय स्तरको प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछ। प्रतियोगितामा नेपालभरिका २ हजार २ सय भन्दा बढि टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *