विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स यू–१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार ३ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

दिनको पहिको खेलमा मेरिल्याण्ड कलेजले अर्किडलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

त्यसैगरी, दोस्रो खेलमा ग्रिनल्याण्ड स्कुलले विकेभिएम स्कुललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो ।

तेस्रो खेलमा उर्लाबारीको पशुपति स्कुलले रतुवामाईको राष्ट्र निर्माण स्कुललाई ६–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्यो ।

त्यसैगरी, सुन्दरहरैँचाको ब्राइट फ्युचर स्कुल अनुपस्थित भएपछि विराटनगरको कान्तिपुर कलेज वाकओभरमार्फत सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा कुल २२ विद्यालयका टोलीहरु सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत भोलि दुई सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *