काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ ।

पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो ।

पिकलबलअन्तर्गत शुक्रबार पुरुष एकलमाम सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन् ।

यसैगरी पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण र समीर पोखरेलको जोडीसँग उपाधि भिडन्त गर्नेछ । टेबलटेनिस पुरुष एकलमा प्रजिल भट्टराई र हिमाल विष्ट तथा महिला एकलमा वियान्का राई र दिया देउला फाइनलमा पुगे ।

यसैगरी भेटरान्स एकलको च्याम्पियन बन्न चन्दन शाही र ठाकुर थापाले एकअर्कासँग खेल्नेछ । नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका छन् ।

यसैगरी टेबलटेनसमा ७१ पुरुष, २२ महिलार ४२ भेटरान्स गरी कूल १३५ जना खेलाडीको सहभागिता रहेको छ । दुवै खेलका प्रत्येक इभेन्टमा विजेताले ३० हजार, उपवजेताले १५ हजार र तेस्रो स्थान बनाउने खेलाडीले जनही पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी सबै विजेतालाई हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरिनेछ ।

हार्दिक फिटनेसका ओपरेसन्स मेनेजर विपिन महर्जनले दुवै खेलमा सहभागिता र पहिलो पटक पिकलबलको आयोजना गरेर इतिहास बनाएको बताए ।

‘यस प्रतियोगतामा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको छ । त्यसैले यसपटकको आयोेजना विशेष भएको छ’ उनलृ भने ।

यसैगरी हार्दिक फिटनेसका सञ्चालक विराज विष्टले विशेषत पहिलो पटक पिकलबल प्रतियोगता आयोजना गर्न सकेकोमा खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *