कुस्ती टोली किर्गिस्तान जाने

२०८३, १० भाद्र बुधबार २०:२५

काठमाडौं । युडब्लुडब्लु विश्व वेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ ।

अगष्ट ३१ देखि सेम्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीप्रसाद यादवले पुरुष १०० केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *