अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको हो ।

एसिटीले दिएको १४० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान कुशल भुर्तेलले शानदार पारी खेले। उनले ४७ बलमा ६१ रन जोडे ।

यस्तै, पवन शर्राफ २९ रनमा अविजित रहे । २२ बल खेलेका उनले तीन चौका हिर्काए । मयन यादवले २१ तथा लोकेश बमले १२ रन जोडे । बलिङतर्फ एसिटीका ज्याक केओघले तीन तथा जीत मेहताले दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *