सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ ।

सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे ।

स्यावाले सानो सहयोगले पनि खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

एसियाडका लागि जुडो टोलीका टिम व्यवस्थापक नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनले सहयोगका लागि धन्यवाद दिए ।

जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् । देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । दवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *