इटहरी । आईडियल स्पोर्ट्स एकेडेमीले यस वर्षदेखि आफ्ना प्रशिक्षार्थी खेलाडीहरूको वर्षभरको प्रदर्शनलाई सम्मान गर्दै ‘Emerging Player of the Year’ र ‘Best Player of the Year’ अवार्डको सुरुवात गरेको छ ।

एकेडेमीमा वर्षभरि सञ्चालन भएका प्रशिक्षण तथा खेल गतिविधिमा खेलाडीले देखाएको प्रदर्शन, मेहनत, अनुशासन, निरन्तरता र खेल कौशलका आधारमा यी अवार्ड प्रदान गरिएको हो ।

यस वर्षको आईडियल स्पोर्ट्स एकेडेमी Emerging Player of the Year अवार्ड आरम्भ बिष्टले जितेका छन्। त्यस्तै, आईडियल स्पोर्ट्स एकेडेमी Best Player of the Year अवार्ड दिवश बिष्टले प्राप्त गरेका छन् ।

आरम्भले प्रशिक्षणका क्रममा निरन्तर सुधार गर्दै उत्कृष्ट सम्भावना बोकेको खेलाडीका रूपमा आफूलाई प्रस्तुत गरेका थिए । दिवशले भने वर्षभरि उत्कृष्ट प्रदर्शन, नियमितता, मेहनत र खेलप्रतिको समर्पणका आधारमा ‘बेस्ट प्लेयर अफ द इयर’ अवार्ड हात पारे ।

आईडियल स्पोर्ट्स एकेडेमीले नयाँ प्रतिभाको पहिचान गर्ने, खेलाडीलाई थप मेहनत र उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्ने तथा एकेडेमीमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले यस वर्षदेखि यी अवार्डको सुरुवात गरेको जनाएको छ ।

एकेडेमीका अनुसार आगामी वर्षहरूमा पनि प्रशिक्षार्थीहरूको वर्षभरको प्रदर्शनका आधारमा Emerging Player of the Year र Best Player of the Year अवार्डलाई निरन्तरता दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *