आईसीसी टी ट्वान्टी विश्वकपमा वेष्ट इण्डिजले लगातार दोस्रो जित हात पारेको छ । गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा भएको खेलमा वेष्ट इण्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो।

जितका लागि १७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा अलआउट हुँदै मात्र ३९ रनमा समेटियो । युगाण्डाका लागि जुमा मियागीले १३ रन जोड्दै अविजित रहँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ अकेल होसिनले सर्वाधिक ५ विकेट झारे । अलजारी जोसेफले २ तथा रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर शुरुवाती ब्याटिङमा गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।

उसको लागि लागि जोनसन चाल्र्सले सर्वाधिक ४४ रन जोडेर क्याच आउट भए । रोभम्यान पावेलले २३ तथा निकोलस पुरन र शेर्फेन रदरफोर्डले समान २२ २२ रन बनाए । ब्रान्डन किङ १३ रनमा समेटिए । आन्द्रे रसेल ३० र रोमारियो शेफर्ड ५ रनमा नट आउट रहे ।

बलिङतर्फ युगाण्डाले ब्रायन मसाबाले दुई तथा अल्पेश रामजानी, कोसमस क्युता र दिनेश नकर्मीले समान एक : एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *