काठमाडौं । च्याम्पियन मार्सल आटर््स क्लब यूएसएले कराते खेलाडी तथा त्रिभूवन विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीलाई क्लबको डोजोमा हार्दिक स्वागत गरेको छ ।
कराते प्रशिक्षक जनक खड्काको नेतृत्वमा न्यूयोर्कको क्विन्सस्थित काष्ठमण्डप रेस्टुरेन्टमा आयोजित भेटघाटमा वरिष्ठ कराते प्रशिक्षक सिंहबहादुर राना, एसियन कांस्य पदक विजेता कराते सम्मरबहादुर गोले, प्रशिक्षकहरू शान्तबहादुर थोकर र वीरबहादुर कुँवर तथा मकै हाउस मिडियाका संस्थापक एंव कराते खेलाडी बिक्की पुलामीकाे उपस्थित रहेकाे थियाे ।
