एसियाड पौडी टोलीको तयारी भारतमा

२०८३, २९ श्रावण शुक्रबार २१:०७

नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ ।

एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ ।

खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् ।

प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

२० औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *