सामाजिकले साँगालाई हरायो

२०८१, २४ जेष्ठ बिहीबार १९:०७

सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहिबार स्पोर्टस एकेडेमी साँगाविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सामाजिकलाई जित दिलाउन विजय दोङले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमै गोल गरे ।

जितसँगै १२ खेलमा १९ अंक जोडेको सामाजिक चौथो स्थानमा उक्लिएको छ । पराजित साँगा समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।

बिहीबार नै सम्पन्न खेलमा माहवीर क्लबले झम्सिखेल युवा क्लबलाई ३-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *