काठमाडौं । नवोदित र काठमाडौं भ्याली स्कुल दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नवोदितले जेबी स्कुललाई ५०–४६ ले पराजित गर्यो ।
नवोदितको जितमा सम्योजन हमाल र आदेश बगालेले समान १६–१६ अंक योगदान गरे । रियान बानियाँको १२ अंक सहयोगमा काठमाडौं भ्यालीले क्यान्भास बसन्त ऋतुलाई ३७–२६ ले हरायो ।
ब्वाइजमै भ्याली पब्लिकले बागमतीलाई ४५–३५, न्युटनले स्कोलर्स होमलाई ४८–३७, गोल्डेनपिकले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ४४–३५, गण्डकीले लालीगुराँस नेसनल एकेडेमीलाई ३८–३७, मार्वलसले ह्वाइट हेभनलाई ४२–३२ र टीआईएले संस्कृति शिक्षा सदनलाई २८–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
भ्याली पब्लिकका अशोक विकले १७, न्युटनका आशिष राईले १६, गोल्डेनपिकका प्रिजम केसीले १२, गण्डकीका तपेन्द्र ओडले २०, मार्वलसका नवीन कार्कीले ९ र टीआईएका दिवस जोशीले १० स्कोर गरे । क्वाटरफाइनलमा नवोदितले टीआईए, गोल्डेनपिकले काठमाडौं भ्याली, न्युटनले भ्याली पब्लिक र गण्डकीले मार्वलस विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
गर्ल्सको क्वाटरफाइनल समीकरण मंगलबारै तय भइसकेको छ । इबीए र संस्कृति शिक्षा सदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच क्वाटरफाइनल हुनेछ ।
