काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् । वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एक चौथाई प्रतिनिधिहरुको हस्ताक्षर सहित मिति २०८३ वैशाख १२ गतेका दिन अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

अध्यक्ष हेराकाजी महर्जनका अनुसार विधानको परिच्छेद ६ दफा २२ को उप दफा (२) बमोजिम ३५ भित्र सम्बन्धित कार्यसमितिले विशेष साधारणसभा वैशाख ३० गतेका दिन बहुमत सदस्यवाट सो प्रस्ताव उपर छलफल गर्ने निर्णय भएको थियो । विद्यमान कार्य समितिले बोलाउनु पर्ने वैठक मिति २०८३ जेष्ठ १० गते आईतबार मकवानपुर स्थित हेटौंडामा बिहान ९ः०० बजे बस्ने तय गरी राष्ट्रिय दैनिक पत्रिकामा ७ दिने सुचना संप्रेषण गरेको बताए ।

जम्मा ११८ जना मध्ये ४६ जना प्रतिनिधिको उपस्थिति रहँदा राष्ट्रिय खलकुद परिषदद्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ (घ) मा व्यवस्था भए बमोजिम ५१ प्रतिशत गणपुरक उपस्थित नहुँदा १२ गते दास्रो पटकका लागि आह्वान गरिएको थियो । दोस्रो पटक ३३ प्रतिशत उपस्थित प्रतिनिधिलाई गणपुरक मानिने विधानको निर्दिष्ट निर्देशनमा ४७ जना प्रतिनिधि बिच विशेष साधारणसभाको गणपुरक सदस्यहरुले सर्वसहमत अस्विकृत गरेको जानकारी गराए । 

अन्तर्राष्ट्रिय चेस महासंघका प्रतिनिधिका पर्यवेक्षक दिलजित खन्ना तथा बागमती प्रदेश सरकारका पूर्वमन्त्री मा. एकालाल श्रेष्ठ उपस्थित भएका थिए । विशेष साधारण सभामा खेलाडीको तर्फबाट नेपाल च्याम्पियन प्रतिनिधि एफएम क्षितिज भण्डारी, फिडे रुल्स कमिशनका काउन्सिलर उमेश केसि तथा अन्यले प्रस्तुत गरेको सुझाब दस्तावेजीकरण गर्ने निर्णय गरेको महासचिव धरमबहादुर लामाले जानकारी दिए ।

विधि र विधानको पैरवी अपरिहार्य रहेको जिकिर गर्दै भ्रामक वातावरणको परिस्थिति श्रृजना गर्ने अनुशासनहीन गतिविधि तर्फ नलाग्न तथा सच्चिन अपील गरिएको छ । महासंघका प्रवक्ताले प्रेस विज्ञप्ति वाचन गरे पश्चात् नेपाल बुद्धिचाल महासंघको आधिकारिक लोगो, लेटर हेड तथा छाप अनधिकृत रुपमा कसैले प्रयोग नगर्न अपील गर्दै नेपालको मुलुकी ऐन अनुसार कार्वाहीमा नपर्न पनि पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *