विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार पाँच खेल जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न विभागीय डर्बीमा पुलिसले त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २६-२४, २५-२१, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै पुलिसले पाँच खेलमा १४ अंक जोडेको छ । यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशीलाई समान ३-० तथा एपिएफलाई ३-२ ले हराएको थियो ।
यता पहिलो पराजय ब्यहोरेको आर्मीको पाँच खेलमा १२ अंक छ । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३-० को सेटमा हराएको थियो ।
