गण्डकी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार पाँच खेल जित्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार गण्डकीले हेल्प नेपाल स्पोर्टस क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

पहिलो सेट २७-२५ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछिका दुई सेट २१-२५, २८-३० ले गुमायो । चौथो सेटमा २५-२१ विजयी भएको गण्डकीले पाँचौं तथा निर्णायक सेट १५-९ ले जित्दै आफ्नो विजयी यात्रा कायम राख्यो ।

जितसँगै गण्डकीको पाँच खेलबाट १४ अंक छ । यसअघि गण्डकीले एपिएफ र बूढानीलकण्ठलाई समान ३-१ तथा सुदूरपश्चिम र कोशीलाई ३-० ले पराजित गरेको थियो ।

पहिलो पराजय ब्यहोरेको हेल्प नेपालको समान खेलबाट १३ अंक छ । हेल्प नेपालले यसअघि बूढानीलकण्ठ, कोशी, सुदूरपश्चिम एपिएफलाई समान ३-० को सोझो सेटमा हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *