जुनियर यु–१६ फुटसल आइतबार

२०८३, ५ जेष्ठ मंगलवार २०:१८

काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा प्रथम एन्जल्स हार्ट नेसनल कप जुनियर यु–१६ फुटसल प्रतियोगिता आइतबार हुने भएको छ ।

फाइभ ए साइड नकआउट प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी हुने टिममा एन्जल्स हार्ट नेसनल स्कुल, काभ्या, रोना इन्टरनेसनल एकेडेमी, समृद्धि, काठमाडौं युरो स्कुल, फ्युचर स्टार, काठमाडौं लोक शिक्षा र एन्जल्स हार्ट मावि रहेका छन् ।

पत्रकार सम्मेलनमा एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, प्रिन्सिपल थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापा, प्रतियोगिता संयोजक सुमन तिमल्सिनालगायतले शीर्ष चार स्थानमा रहने टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरेका थिए । एकदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजककै हातामा खेलाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *