काठमाडौं । नेपालका गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । श्रेष्ठले सो प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ) को भूमिका निर्वाह गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यवाहक अध्यक्ष अशोक वज्राचार्य, उपाध्यक्ष ज्योति राना र महासचिव राजीव श्रेष्ठले श्रेष्ठलाई शुक्रबार आयोजित कार्यक्रममा शुभकामनासहित बिदाई गरे । सो प्रतियोगिता भारतको गुजरातस्थित गान्धीनगरमा मे ९ दखि १७ तारिखसम्म हुुनेछ ।

सातदोबाटोस्थित एनओसी बिदाई कार्यक्रममा कार्यवाहक अध्यक्ष वज्राचार्यले नेपालको भारोत्तोलनलाई निरन्तर अन्तर्राष्ट्रिय एक्सपोजर दिइरहेकोमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) को प्रशंसा गरे । यसैगरी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगिता र निर्णायकजस्ता प्राविधिक पक्षमा बढ्दो सहभागिताले नेपाली खेलकुदलाई अझ उचाईमा पुर्याउनेछ, भने ।

बिदाई कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठ र केन्द्रीय सदस्य तथा ओलम्पियन राजेन्द्रबहादुर प्रधानको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *