काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक का रूपमा टेकस्पायर कलेज रहनेछ ।
आज आयोजित एक विशेष कार्यक्रममा टेक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेल र काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।
काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित टेकस्पायर कलेज नेपालको सूचना प्रविधि र व्यवस्थापन शिक्षामा एक अग्रणी र प्रतिष्ठित शैक्षिक संस्था हो । यस कलेजले खेलकुदलाई पनि विद्यार्थी र व्यवसायिक व्यक्तित्वहरूको सर्वाङ्गीण विकासको अभिन्न हिस्सा मान्दै आएको छ । कर्पोरेट जगतमा खेलकुद संस्कृतिको प्रवर्द्धन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्न कलेजले यस प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो ।
टेक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेलले कर्पोरेट टी–१०लिगसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका छन् । उनले आजको व्यस्त जीवनशैलीमा यस्ता खेलकुद गतिविधिहरूले कर्पोरेट क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई ऊर्जा, मनोरञ्जन र नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । क्रिकेटजस्तो लोकप्रिय खेललाई कर्पोरेट क्षेत्रसँग जोड्ने पहलका लागि उनले आयोजक टोलीप्रति आभार प्रकट गरेका छन् । साथै, उक्त लिगलाई कर्पोरेट क्षेत्रका लागि उत्कृष्ट प्लेटफर्मका रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लिका निर्देशक ज्योति भण्डारीले टेकस्पायर कलेज जस्तो प्रतिष्ठित शैक्षिक संस्थाको साथ पाउनु लिगका लागि गौरवको विषय भएको बताए । उनले यस साझेदारीले कर्पोरेट टी–१०लिगलाई अझ प्रभावशाली र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ ।
