एर्लिङ हालान्डकाे शानदार ह्याट्रिकमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलाे जित दर्ता गरेकाे छ । 

एफए कपकाे क्वाटरफाइनलमा सिटीले पाहुना टाेली लिभरपुलमाथि ४-० काे शानदार जित दर्ता गरेकाे हाे ।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको सिटीले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । ३९औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा हालान्डले हेडमार्फत दोस्रो गोल थपे ।

दोस्रो हाफमा पनि सिटीले आफ्नो दबाब कायम राख्यो । ५०औँ मिनेटमा एन्टोइन सेमेन्योले रयान चेर्कीको पासमा उत्कृष्ट गोल गर्दै स्कोर ३–० बनाए । ५७औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा टोलीका लागि चौथो गोल गर्दै खेल एकतर्फी बनाए ।

लिभरपुलले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । ६४औँ मिनेटमा मोहम्मद सालाहको पेनाल्टी प्रहार सिटीका गोलकिपर जेम्स ट्राफोर्डले बचाएका थिए ।

याे जितसँगै सिटी सेमिफाइनलमा प्रवेश गरेकाे छ भने लिभरपुल बाहिरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *