नेपाल प्रिमियर लिग (NPL) मा सक्रिय जनकपुर बोल्ट्सको फ्रेन्चाइज जेबी ब्रुजेसले दक्षिण अफ्रिकी ब्याट्सम्यान रासी भान डेर डुसेनलाई आगामी EUT20 बेल्जियम लिगका लागि प्रि–साइन गरेको छ ।
यद्यपि रासी भान डेर डुसेनले अहिलेसम्म जनकपुर बोल्ट्सका लागि खेल्ने अवसर पाएका छैनन ।
जेबी ब्रुजेसले र जनकपुर बोल्ट्सको सम्बन्धलाई दृष्टिगत गर्दा यो साइनिंगले दुबै फ्रेन्चाइजको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । लिगको औपचारिक नीलामी र प्लेयर ड्राफ्ट मार्च २४ मा तय गरिएको छ, जहाँ बाँकी खेलाडीहरूको टोली निर्धारण हुनेछ ।
क्रिकेट विश्लेषकहरूले भन्छन्, रासी जस्तो अन्तर्राष्ट्रिय अनुभव भएको खेलाडीको प्रि–साइनिङले जेबी ब्रुजेसलेलाई बलियो बनाउन सक्छ र आगामी सिजनमा प्रतिस्पर्धात्मक फाइदा दिलाउन मद्दत पुर्याउन सक्छ ।
