नेपाली पेस बलर करन केसी आउँदै गरेको जापान प्रिमियर लिग मा सहभागि हुने पक्का भएको छ । जापान क्रिकेट संघको फेसबुक पेजमार्फत यो जानकारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
करन केसी लिगमा खेल्ने भए पनि उनको टोली अझै पक्का भइसकेको छैन । प्रतियोगिता मे २ देखि ५ तारिखसम्म आयोजना हुने तय भएको छ ।
जापान प्रिमियर लिगमा जम्मा ५ टोली सहभागी हुनेछन् । यसअघि सुुरुपश्चिम रोयल्सका खेलाडी जोश ब्राउन पनि लिगमा सामेल हुने घोषणा भइसकेको छ ।
यस पटकको लिगमा नेपाली खेलाडीको सहभागिताले जापानी क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतिभा देखाउने अवसर बढ्ने अपेक्षा गरिएको छ ।
