जारी एन्फा राष्ट्रिय लिग अन्तर्गत फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइटेड माथि शानदार जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइजलाई २–० गोलले पराजित गरेको हो ।
खेलको २८औँ मिनेटमा मसया टहराले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर ४५औँ मिनेटमा आशिष चापागाईंको पासमा मौसम सुब्बाले गोल थप्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । सोही गोल निर्णायक बन्दा फ्रेन्ड्सले महत्वपूर्ण तीन अंक हात पार्यो ।
यस जितसँगै फ्रेन्ड्सले लिगमा तेस्रो जित दर्ता गर्दै अंकतालिकाको ११औँ स्थानमा उक्लिएको छ । १० खेल खेलेको फ्रेन्ड्सले हालसम्म १२ अंक जोडेको छ ।
उता चर्च ब्वाइज युनाइटेडको भने यो लिगको दोस्रो हार हो । समान १० खेलबाट चर्च ब्वाइजले २२ अंक जोडेको छ ।
