अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपको पुरस्कार रकम सार्वजनिक गरेको छ ।
कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर खेलाडी पुरस्कार रकममध्ये नेपालले २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेको छ । हालको विनिमयदर अनुसार यो रकम करिब ३ करोड ७७ लाख रुपैयाँ बराबर हुन्छ ।
परिषद्ले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर पाउँदा दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर पाएको छ ।
त्यस्तै इङ्ग्ल्यान्डले ९ लाख ७४ हजार ४२३, वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९, पाकिस्तानले ५ लाख २२ हजार ६९२ र जिम्बाब्वेले ४ लाख ९१ हजार ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
नेपालसँगै इटाली, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्सले समान २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेका हुन् ।
परिषद्का अनुसार सन् २०२४ मा गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुर्याइएको हो ।
