काठमाडौं । हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित गर्यो ।

हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो । ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो । ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे ।

एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट संस्कृतिसंग हुनेछ भने ह्वाइट हेभेनले हिमालयको सामना गर्ने छ ।

गल्र्समा यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल तेजस्वी र मानसिंह तथा काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र बेलमोन्टबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *