काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगताअन्तर्गत ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइजलाई ४ तथा गर्ल्सको २ समूह विभाजन गरी लिग कम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् । ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

गर्ल्सको समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । छदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *