चन्द्रगिरी न्यूडाइमन्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा एपिएफले न्यूडाइमन्डलाई ३-२ सेटले पराजित गरेको हो।

एपिएफले पहिलो सेट २५-२३ ले जितेको थियो। तर, दोस्रो र तेस्रो सेट भने न्यू डाइमन्डले २३-२५ र २०-२५ ले जित्यो। चौथो सेट २५-१५ ले एपिएफले जित्दा खेल लम्बिएको थियो। पाँचौं तथा निर्णायक सेटमा भने हाबी हुँदै एपिएफले १५-३ ले जित्दै गण्डकी विजयी सुरुआत गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *