आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको पहिलो दिनको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग त्रिभुवन आर्मी क्लब पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३-२ सेटले पराजित गरेको हो।

पुलिसले पहिलो सेट २६-२४ ले जितेको थियो। दोस्रो सेट पनि २५-२२ ले जितेको पुलिसले तेस्रो सेट २३-२५ र चौथो सेट २२-२५ ले गुमाएको थियो।

अन्तिम सेटमा पुलिसले १५-८ ले आफ्नो पक्षमा पर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *