काठमाडौं । थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो ।

कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन् ।

यस अघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ। पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *