मनोहरा र रानीवनबीचको खेल बराबरी

२०८१, १८ जेष्ठ शुक्रबार १६:००

जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा मनोहरा युनाइटेड युथ क्लब र रानीवन स्पोर्टस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेल यी दुई टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनोहराका लागि सञ्जय श्रेष्ठ र रानीवनका लागि सन्दीपबहादुर सिंहले गोल गरे ।

खेलको ३२ औं मिनेटमा उत्तम शाहीको पासमा सञ्जयले गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए । तर दोश्रो हाफमो इन्जुरी समयमा सन्दीपले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै ११ खेलबाट १५ अंक जोडेको मनोहरा छैठौं स्थानमा उक्लिएको छ । यता रानीवन समान खेलमा ८ अंकसहित १२औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *