इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनल खेलमा इन्टरले सिरी ‘ए’ प्रतिद्वन्दी टोरिनोलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इन्टरलाई जिताउन एन्जियोवन बनिले ३५औं मिनेट र एन्डी डिउफले ४७औं मिनेटमा गोल गरे । पराजित टोरिनोका लागि सान्ड्रो कुलेनोभिकले ५७औं मिनेटमा गोल फर्काए ।

अब सेमिफाइनलमा इन्टरले नापोली वा कोमोसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अर्को क्वार्टरफाइनल खेलमा बिहिवार राति युभेन्टस र एटालान्टा भिड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *