औराबनी (सुनसरी) । गढी गाउँपालिकाको औराबनीमा बुधबारदेखि सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुरु भएको छ । गढी गाउँपालिकाको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिताको शुरु भएको हो ।

गढी खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर २ (बी) विजयी भएको छ । वडा नम्बर ५ लाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर २ (बी) ले सेमिफाइनलमा स्थान बनाएको छ ।

वडा नम्बर २ (बी) का लागि धिरज रिसिदेव र आनन्द रिसिदेवले २-२ तथा आर एस बाबु र रितेश उराउले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच वडा नम्बर २ (बी) का धिरज रिसिदेव घोषित भए । उनले नगद एक हजारसहित मेडल पाए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी गढी गाउँपालिकाका अध्यक्ष आस नारायण चौधरीले गरेका थिए । आयोजकका अनुसार बिहिवार (भोलि) वडा नम्बर ४ र वडा नम्बर २ (ए) बीच खेल हुनेछ । गढी युथ स्पोर्टिङ क्लबको समन्वयमा शुरु भएको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *