रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ ।
बुधबार रंगेलीको दौलतपुरस्थित श्री प्रगतिशिल माविको खेल मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा वडा नम्बर ९ लाई २-० गोल अन्तरले हराउँदै वडा नम्बर १ उपाधि नजिक पुगेको हो ।
वडा नम्बर १ लाई जित दिलाउन दुबै गोल हरि खवासले गरे । खेलको म्यान अफ दि म्याच पनि हरि नै घोषित भए । उनले नगद एक हजार एक सय रुपैयाँसहित मेडल प्राप्त गरे ।
प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वडा मध्ये ९ वटा वडाकै सहभागिता रहेको छ । प्रतियोगितामा बिहिवार वडा नम्वर २ र वडा नम्वर ३ बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार रुपैयाँ र उपविजेता हुने टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता २४ माघसम्म चल्नेछ ।
