बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब अल्बासेटेलाई २-१ ले पराजित गर्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनल प्रवेश गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लामिन यामालले ३९औं मिनेट र रोनाल्ड अराउजोले ५६औं मिनेटमा गोल गरे । घरेलु टोली अल्बासेटेका लागि जाभी मोरेनोले ८७औँ मिनेटमा गोल गरे।

यो हारसँगै अल्बासेटेको उत्कृष्ट यात्रा टुंगिएको छ । अघिल्लो चरणमा अल्बासेटेले रियल म्याड्रिडलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्र तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *